नागरिक लगानी कोषसहित एक लघुवित्तको सेयर सूचीकृत

  २०७८ वैशाख ५ गते १४:४८     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोष र साना किसान विकास लघुवित्तको संस्थाको सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमध्ये नागरिक लगानी कोषको हकप्रद र साना किसान विकास लघुवित्तको बोनस र हकप्रद सेयर सूचीकृत भएको हो ।

जसमध्ये नागरिक लगानी कोषको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद नेप्सेमा थपिएको हो ।

त्यस्तै, साना किसान विकास लघुवित्त वित्तीय संस्थाको एकैदिन २५ लाख १३ हजार १५ कित्ता सेयर सूचीकृत भएको छ । संस्थाको बोनस र हकप्रद गरी सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमध्ये सबैभन्दा बढी बोनस सेयर सूचीकृत भएको छ । संस्थाको २५ लाख ५७३ कित्ता बोनस सेयर सूचीकृत भएको हो भने १२ हजार ४४२ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै यी दुई कम्पनीको बोनस र हकप्रद सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.