रुरु हाईड्रोको आईपीओ बाँडफाँड, ३८ हजार आवेदकले पाए १० कित्ता शेयर

  २०७८ वैशाख ३ गते १०:२७     विकासन्युज

काठमाडौं । रुरु जलविद्युत परियोजनाले सर्वसाधारणका लागि जारी गरेको आइपीओ बाँडफाड भएको छ । शुक्रबार बिहान बिक्री प्रवन्धक एनएमबी क्यापिटलले रुरु जलविद्युतको आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीको आईपिओमा १६ लाख ८३ हजार १२१ आवेदकबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ताको लागि आवेदन परेको थियो । जसमध्येमा रिट पूर्वक आवेदन परेका मध्येबाट १५ लाख ९० हजार ८९६ जनाको आवेदन सदर भएको थियो ।

१५ लाख ९० हजार ८९६ जना मध्येबाट ३७ हजार ९१६ आवेदकले ३७ लाख ९ हजार १६७ कित्ता सेयर गोलाप्रथामार्फत पाएका छन् । बाँकी रहेको ७ कित्ता बाँडफाँडका लागि पुनः गोलाप्रथा गर्दा ७ जनाले ११ कित्ता सेयर पाएका छन् । रित पूर्वक आवेदन दिएका मध्ये पनि १५ लाख ५२ हजार बढीको हात खाली भएको छ ।

कम्पनीले चैत २० गतेदेखि सर्वसाधारणमा ४ लाख ७ हजार ७०६ कित्ता सेयरको बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता सेयर कर्मचारीलाई ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्काशनमा ल्याउन लागेको हो र सर्वसाधारणले उक्त सेयरको लागि आवेदन दिन पाउने छन् ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गर्न लागेको हो । संस्थाले स्थानियमा भने अंकित मूल्य १०० रुपैयाँमै सेयर बिक्री गरेको थियो ।

कम्पनीले यस अघि गत फागुन ७ गते देखि आयोजना प्रभावित स्थानीयवासिन्दाको लागि ४ लाख ७ हजार ७ सय ५ कित्ता शेयर निष्काशन गरेको थियो । ति शेयर बाँडबाँड भईसकेको छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड–३ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले हुग्दी खोलमा ५ मेगावाटको अपर हुग्दी खोला आयोजना निर्माण सम्पन गरि संचालन गरिरहेको छ । यस आयोजनाले सन् २०१५ को मार्चदेखि विद्युत उत्पादन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.