बिहीबार ५३४ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

  २०७८ वैशाख २ गते १७:४९     विकासन्युज

काठमाडौं । बिहीबार नेपालभर ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट ४९० र एन्टिजेन परीक्षणबाट ४४ जना गरी ५३४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको तथ्यांक अनुसार देशभर ४ हजार १५२ पीसीआर परीक्षण र ५६४ एन्टिजेन परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा काठमाडौंमा १४५, ललितपुरमा ४३, कास्कीमा ३८, बाँकेमा ८९, मोरङ र दाङमा १३१३, रुपन्देहीमा १६, महोत्तरी र बाग्लुङमा १०र१० जनामा संक्रमण पुष्टि भएको छ। यस्तै गत २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ६६ पुगेको छ।

गत २४ घण्टामा १५७ जना संक्रमित निको भएका छन्। योसँगै हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ।

हाल देशभर ४ हजार ३८४ जना संक्रमित आइसोलेसनमा रहेका छन्। ती मध्ये ३ हजार ८९४ जना होम आइसोलेसनमा रहेका छन् भने ४९० जना संस्थागत आइसोलेसनमा छन्। देशभर ९१ जना आइसीयु र ३५ जना संक्रमित भेन्टिलेटरमा उपचारत छन् भने ६८ जना क्वारेन्टाइनमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.