दूतावासको पत्रका आधारमा भारतीय नागरिकलाई कोरोना विरुद्धको खोप

  २०७८ वैशाख २ गते १७:२८     विकासन्युज

काठमाडौं । पछिल्लो समय भारतीय नागरिकले नेपालमा आएर कोरोना विरुद्धको खोप लगाउन थालेपछि खोप लगाउन दूतावासको पत्र अनिवार्य गरिएको छ ।

चीनमा बनेको कोरोना विरुद्धको खोप लगाउन भारतीय व्यापारीहरु नेपाल आएपछि नेपाल सरकारले भारतीय दूतावासकाे पत्र अनिवार्य गरेकाे हाे ।

भारतबाट नेपाल आएर खोप लगाएपछि दूतावासको पत्र नल्याउने भारतीय व्यापारीहरूलाई खोप दिन बन्द गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।

पछिल्लो समय हवाई मार्गबाट नेपाल आएर कोरोना विरुद्धको खोप लगाउने भारतीयको संख्यामा बृद्धि हुँदै गएको छ । अस्पतालको तथ्यांक अनुसार २० भन्दा बढी भारतीय व्यापारिले खोप लगाएर फर्किसकेका छन् ।

नेपालमा नै लामो समयदेखि बसोबार गरेका भारतीय नागरिकलाई कारोना विरुद्धको खोप लगाउने दूतावासको पत्र अनिवार्य गरिएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.