सीईडीबी हाइड्रोले आईपीओ जारी गर्ने, पायो बोर्डको अनुमति

  २०७८ वैशाख २ गते १४:१५     विकासन्युज

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो ।

बोर्डले कम्पनीलाई आज (बैशाख २ गते) एक सय रुपैयाँ अंकित दरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ जारी गर्नको लागि अनुमति दिएको हो ।

अन्य समूह अन्तर्गतको यस कम्पनीले बिक्री प्रबन्धक सनराइज क्यापिटल मार्फत सो मात्राको सेयर जारी गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.