स्वास्थ्य मन्त्रालयले भन्यो- विद्यालय लगायत भिडभाड हुने क्षेत्र बन्द गरौं

  २०७७ चैत २७ गते १०:३४     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय लगायत भिडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरेको छ । पछिल्लो समय कोरोना संक्रमणको संख्यामा बृद्धि भएसगैँ मन्त्रालयले बढी भिडभाड हुने सबै क्षेत्र बन्द गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विद्यालय लगायत भिडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरिएको विकासन्युजलाई जानकारी दिए । दोस्रो लहरको कोरोना भाइरस महामारी आउँन सक्ने भन्दै पहिलो चरणमा भिडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरिएको उनले बताए ।

उनका अनुसार सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस लगायतका क्षेत्र बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो । केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको छ ।

पछिल्लो समय नेपालमा कोरोनाको दैनिक संक्रमण बढ्दै गएको छ। बिहीबार नेपालमा ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.