सिंगटी हाइड्रोको आईपीओ आज बाँडफाँड हुँदै, साढे २ लाख बढीले सेयर पाउने

  २०७७ चैत २७ गते १०:००     विकासन्युज

काठमाडौं । सिंगटी हाइड्रोपावरले निष्काशन गरेको आईपीओको बाँडफाँड आज (चैत २७ गते) शुक्रबार हुने भएको छ । उक्त आईपीओ बाँडफाँड सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ हुने भएको हो ।

कम्पनीले गत चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरको २९ लाख कित्ता आईपीओ बिक्री गरेको थियो । जसममध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि बाँडफाँड गरी बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

चैत १० गतेसम्म निष्काशन भएको उक्त आईपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकले २ करोड ४७ लाख २० हजार ४५० कित्ता सेयर खरिदको लागि आवेदन दिएका थिए । जुन सर्वसाधारणमा बिक्री गरेको तुलनामा ९.१७ गुणा बढी हो ।

यससँगै कम्पनीले माग गरेको भन्दा बढी आवेदन परेकोले उक्त सेयर न्यूनतम १० कित्ताका दरले बाँडफाँड गरिने छ । जस अनुसार २ लाख ६९ हजार ७०० जनाले मात्रै कम्पनीको १० कित्ताको दरले सेयर पाउनेछन् । र, आवेदन दिएका बाँकी साढे १२ लाख बढी आवेदकको भने हात खाली हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.