जीवन बीमा कम्पनीले गैरकानुनी रुपमा एजेन्टलाई दिए ८ अर्ब ७१ करोड ऋण

  २०७७ चैत २६ गते १६:३९     शिव सत्याल

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गैरकानुनी रुपमा बीमा अभिकर्ता (एजेन्ट) लाई ८ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी ऋण दिएका पाइएको छ ।

बीमा कम्पनीहरुले एजेन्टलाई ऋण दिन नपाउने कानुनी व्यवस्था भएपनि आफूहरुको व्यवसाय बढ्ने आशमा कम्पनीहरुले ऋण दिएका हुन् । अहिले संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले कुल ८ अर्ब ७१ करोड ५० लाख २ हजार रूपैयाँ एजेन्टलाई ऋण दिएका छन् ।

यसरी ऋण दिनेमा नयाँदेखि पुराना र स्थापित कम्पनीहरु पनि छन् । केही कम्पनीहरुले कपाली तमसुक गरेका भरमा एजेन्टलाई ऋण दिएका छन् भने केही कम्पनीले एजेन्टले आगामी दिनमा ल्याउने बिजनेसको अनुमान गरेर आउन सक्ने कमिसनको आधारमा ऋण दिने गरेका स्रोतको भनाई छ ।

सम्बन्धित बीमा कम्पनी स्रोतहरुले दिएको जानकारी अनुसार एलआइसी नेपालले सबैभन्दा बढी ऋण प्रवाह गरेको छ । सो कम्पनीले एजेन्टलाई ५ अर्ब ४१ करोड ६८ लाख रुपैयाँ ऋण दिएको छ ।

कुन कम्पनीले कति दिएका छन् ऋण ?

नेपाल लाइफ: १ अर्ब ८३ करोड ३७ लाख १९ हजार

नेशनल लाइफ: ४१ करोड ६९ लाख ५७ हजार

गुराँस लाइफ: ३ करोड ११ लाख ४८ हजार

एलआईसी नेपाल: ५ अर्ब ४१ करोड ६८ लाख ७२ हजार

सन नेपाल लाइफ: ३ करोड २५ लाख ९९ हजार

ज्योति लाइफ: ३ करोड ३१ लाख ३९ हजार

युनियन लाइफ: २३ करोड ३ लाख ३६ हजार

प्राइम लाइफ: १० करोड ६४ लाख ६५ हजार

सानिमा लाइफ: ५८ लाख ८२ हजार

रिलायन्स लाइफ: ६ करोड ७ लाख ६४ हजार

सूर्या लाइफ: १६ करोड ३ लाख ४२ हजार

एसियन लाइफ: १० करोड ३५ लाख ९ हजार

मेट लाइफ: ३ करोड ३८ लाख ५७ हजार

सिटिजन लाइफ: ६ करोड २६ लाख ६३ हजार

महालक्ष्मी लाइफ: ६ करोड १५ लाख ४१ हजार

आइएमई लाइफ: ६ करोड ६० लाख ८ हजार

प्रभु लाइफ: १ करोड १९ लाख ७४ हजार

रिलायवल लाइफ: ४ करोड ७२ लाख ३४ हजार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.