महुली लघुवित्तको सञ्चालकमा ६ जना निर्वाचित

  २०७७ चैत २६ गते १३:३३     विकासन्युज

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा ६ जना नियुक्त भएका छन् । चैत २५ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना र साधारण सेयरधनीको तर्फबाट २ जना गरी कूल ६ जनालाई सञ्चालक समितिमा निर्वाचित गरेको हो ।

सभाले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी प्रभु नारायण चौधरी, कमल प्रसाद बस्याल, भानुभक्त निरौंला र रोशन कुमार मंडरलाई सञ्चालक समितिमा चयन गरेको हो ।

त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट शर्मिला राई र निमानन्द कडेल निर्विरोध निर्वाचित भएका छन् ।

संस्थाको ८औं वार्षिक साधारणसभा चैत २५ गते सप्तरीको रहेका संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.