मेगा बैंकका कार्ड प्रयोगकर्तालाई टर्कीस एयरलायन्समा यात्रा गर्दा विशेष छुट

  २०७७ चैत २५ गते १७:३५     विकासन्युज

काठमाडौं । टर्किस एयरलायन्सले मेगा बैंक नेपालका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई हवाई यात्रामा विशेष छुट दिने भएको छ ।

मेगा बैंक नेपालकी डेपुटी सिइओ रवीना देशराज श्रेष्ठ र टर्किस एयरलायन्सका कन्ट्री जनरल म्यानेजर अब्दुल्ला टंकर केसीसीबीच मेगा बैंकका ग्राहकहरुलाई टर्किस एयरलायन्सको हवाई सेवामा प्राथमिकता र छुट दिने सम्झौता भएको हो ।

सम्झौता अनुसार, टर्किस एयरलायन्सले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा विशेष छुट र एक्सट्रा लगेजको सुविधा दिने भएको छ । यो छुट टर्किस एयरलायन्सको काठमाडाैंबाट उडान हुने अमेरिका र युरोपियन देशमा लागू हुने सम्झौतामा उल्लेख छ ।

नवीनतम बैंकिङ सुविधाका साथसाथै मेगा बैंकले अस्पताल, रेष्टुरेण्ट, सपिङ मल लगायतका दर्जनौँ विभिन्न सेवामुलक क्षेत्रसँग सम्झौता गरी आफ्ना ग्राहकहरुलाई थप सुविधा र छुटको व्यवस्था गर्दै आएको छ ।

One comment on "मेगा बैंकका कार्ड प्रयोगकर्तालाई टर्कीस एयरलायन्समा यात्रा गर्दा विशेष छुट"

  • भुवन says:

    Rabina Desraj कहिले देखि मेगाकाे CEO भएकाे हाे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.