सेयर बजारका बादशाह वारेन वफेट अर्बपतिको टप फाइभबाट हटे, विनोद चौधरीको सम्पत्ति कति ?

  २०७७ चैत २५ गते १७:१६     विकासन्युज

काठमाडौं । विश्वमा सेयर बजारका बादशाह भनेर चिनिने वारेन वफेट अर्वपतिको टफ फाइभ अर्थात पाँचौं स्थानभन्दा तल झरेका छन् । उनी पहिलो पटक टप फाइभको सूचीबाट बाहिरिएका हुन् ।

फोब्र्सको अर्बपतिको वार्षिक सूचीको टप फाइबाट बफेट दुई दशकमा पहिलोपटक बाहिरिएका हुन् । यस्तै, नेपाली अर्बपति विनोद चौधरी पनि अर्बपति सूचीको २१४१ नम्बरमा परेका छन् । फोब्र्सका अनुसार अप्रिल ६ सम्म उनको सम्पत्ति १ अर्ब ४० करोड अमेरिकी डलर छ । उनी नेपालका एक्ला डलर अर्बपति हुन् ।

फोब्र्सले सार्वजनिक गर्ने विश्वका अर्वपतिहरुको वार्षिक सूचीमा दुई हजार ७५५ जना अर्बपतिहरु अटाएका छन् । मंगलबार सार्वजनिक भएको सूचीमा अमेजन कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस लगातार चौथो वर्ष पनि पहिलो स्थानमा रहेका छन् ।

अर्बपतिको सूचीको दोश्रो स्थानमा टेस्ला कम्पनीका सीईओ एलन मस्क रहेका छन् । गत वर्षको सूचीमा उनी ३१औँ स्थानमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.