प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा लिलाप्रकाश सिटौला, साढे दुई दशक लामाे बैंकिङ अनुभव

  २०७७ चैत २४ गते १०:५७     विकासन्युज

काठमाडौं । प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा लिला प्रकाश सिटौला नियुक्त भएका छन् । चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले सिटौलालाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

बैंक तथा वित्तीय संस्थामा काम गरेको उनीसँग करिब साढे दुई दशकको अनुभव छ । नेपाल राष्ट्र बैंकमा लामो समयसम्म काम गरेका उनले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका थिए । त्यसपछि उनी कृषि विकास बैंकको सीइओको रुपमा काम गरेका थिए ।

उनीले पूर्वाञ्चल ग्रामिण विकास बैंकको सीइओको रुपमा पनि काम गरेका छन् । यस्तै, सिटौलासँग बीमा संस्थान रनेपाल स्टक एक्सचेन्जमा सञ्चालक, कर्जा सूचना केन्द्रको अध्यक्ष र नेपाल बैकर्स संघको कार्यसमिति सदस्य भएर काम गरको अनुभव पनि छ ।

One comment on "प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा लिलाप्रकाश सिटौला, साढे दुई दशक लामाे बैंकिङ अनुभव"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.