वाणिज्य बैंकको कर्जा लगानी ३५ खर्ब नाघ्यो, यस्तो छ तीन साताको बिजनेस

  २०७७ चैत २२ गते १९:०८     विकासन्युज

काठमाडौं । नेपाली वाणिज्य बैंकहरुको कर्जा लगानी ३५ खर्ब रुपैयाँ नाघेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार हालसम्म चालु आर्थिक वर्षको चैत २० गतेसम्म वाणिज्य बैंकहरुले ३५ खर्ब १ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

चैतको तेस्राे सातासम्ममा मात्रै ८९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । गत फागुन मसान्तसम्म ३४ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका वाणिज्य बैंकहरुले चैतको २० गतेसम्म ८९ अर्ब रुपैयाँले कर्जा लागानी वृद्धि गरेर ३५ खर्ब १ अर्ब रुपैयाँ पुर्याएका हुन् ।

यस्तै, हालसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन कुल ३८ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । गत फागुनको मसान्तसम्म ३८ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले चैतको तेस्राे साता सम्ममा ६४ अर्ब रुपैयाँले निक्षेप वृद्धि गरेर ३८ खर्ब ९० अर्ब रुपैयाँ पुर्याएका हुन् ।

वाणिज्य बैंकहरुले चैत पहिलो साता मात्रै २३ अर्ब, दोस्रो साता २७ अर्ब र तेस्रो सातामा पहिलो साताको भन्दा दोब्बर अर्थात ३९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । चैतको तेस्रो साता अर्थात चैत १३ गतेदेखि २० गतेसम्म बैंकहरुले ३९ अर्ब ऋण लगानी गरेका हुन् ।

यस्तै, बैंकहरुले निक्षेप संकलनमा पनि उल्लेख्य प्रगति  गरेका छन् । बैंकहरुले चैत पहिलो साता १४ अर्ब, दोस्रो साता १० अर्ब र तेस्रो साता अर्थात १३ गतेदेखि २० गतेसम्म ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । चैत तेस्रो सातामा वाणिज्य बैंकहरुले राम्रो निक्षेप संकलन गरेका छन् । चैत पहिलो र दोस्रो साताको तुलनामा तेस्रो सातामा दोब्बर नै निक्षेप संकलन भएको नेपाल बैंकर्स संघकाे तथ्यांकले देखाउँछ ।

One comment on "वाणिज्य बैंकको कर्जा लगानी ३५ खर्ब नाघ्यो, यस्तो छ तीन साताको बिजनेस"

  • c.k.shahi says:

    FI X IS LOW COMPARE TO US N CHINA.YOU ARE LOTERY TO US.UP N UP INTREST RATE ON LOAN FI

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.