नबिल बैंकले तिर्याे १ अर्ब ९० करोड रुपैयाँ कर, राज्यबाट पाँचाैं पटक सम्मानित

  २०७७ चैत १९ गते १६:३९     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७५/२०७६ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढि कर्पाेरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मान पत्र हस्तान्तरण गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९० करोड कर सरकारलाई तिरेको थियो ।

विभागले गत मंसिरमा कर दिवसको अवसर पारेर बैंकलाई बैंकहरुमध्ये सबैभन्दा बढि कर्पाेरेट ट्याक्स जम्मा गर्ने सुचीमा नबिल बैंकलाई राखेको थियो । मंसिरमा कोभिडको भय र तिहारको समय भएकाले औपचारिक कार्यक्रम भने भएको थिएन ।

पछिल्लो १० वर्षमा नबिल बैक उच्च कर भुक्तानी गर्नेमा यो पाँचौ पटक हो । समृद्ध मुलुक निर्माणका लागि बैंकले आफ्नो तर्फबाट सरकारलाई योगदान पु¥याएकोमा गर्व महसुस गरेको जनाएको छ ।

बैंकले व्यापार प्रवर्धन, रोजगारी सिर्जना र ट्याक्सको रुपमा राज्यको योगदानमा केन्द्रित रहेको छ । नबिल बैंक मुलुकको धेरै बैंकिङ गतिविधिहरुको लागि पायोनियर बैंक हो । नबिलले स्थापनादेखि हालसम्म राज्यलाई १५ अर्ब ६ करोड रुपैयाँ कर बुझाएको जनाएकाे छ ।

नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म १ हजार ८ सय ७५ प्रतिशत लाभांश वितरण गरिसकेको जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.