सारथी नेपाल र सूर्योदय लघुवित्तको सेयर मूल्य समायोजन

  २०७७ चैत १९ गते ११:३३     विकासन्युज

काठमाडौं । आज (चैत १९ गते) बिहीबार दुई लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । सारथी नेपाल लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाको एकैदिन बोनस पछिको सेयर मूल्य समायोजन भएको हो ।

जसमध्ये सारथी नेपाल लघुवित्तको ८.१३ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १५९६ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १७२६ रुपैयाँमा भएको थियो ।

त्यसैगरी, सूर्योदय लघुवित्तको १५.३५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । अन्तिम कारोबार प्रतिकित्ता २२६१ रुपैयाँमा भएको संस्थाको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता १९६० रुपैयाँ कायम भएको छ ।

यससँगै बिहीबारको बजारमा दुबै कम्पनीको कारोबार समायोजन पछिको सेयर मूल्यबाट शुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.