माया खोला हाईड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

  २०७७ चैत १२ गते १६:२४     विकासन्युज

काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनीले सर्वसाधारणलाई साधारण सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई २४ लाख कित्ता सेयर जारी गर्ने भएको हो ।

सो प्रयोजनको लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता चैत १२ गते बिहीबार सम्पन्न भयो ।

सम्झौतामा माया खोला हाईड्रोपावर कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष विजय मान शेरचन तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

माया खोला हाईड्रोपावर कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.