४५ आरोहीले लिए वसन्त ऋतुको हिमाल आरोहण अनुमति

  २०७७ चैत १२ गते १०:१०     विकासन्युज

काठमाडौं । वसन्त ऋतुको हिमाल आरोहणको सिजन सुरु भएसगैँ आरोहण अनुमति लिनेको संख्यामा बृद्धि हुन थालेको छ । आरोहण सिजनमध्येकै उत्कृष्ठ सिजन मानिएको वसन्त ऋतुका लागि ५ हिमालमा ४५ आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागको तथ्यांक अनुसार बुधबारसम्म ५ हिमाल आरोहणका लागि ४५ आरोहीले अनुमति लिएका हुन् । विभागले जारी गरेको आरोहण अनुमति अनुसार अन्नपूर्ण हिमाल आरोहणका लागि ४० आरोहीले अनुमति लिइसकेका छन् । तीन समूहमा अनुमति दिईएको अन्नपूर्ण हिमाल आरोहणका लागि १५ जना महिला र २५ जना पुरुष रहेका छन् ।

कोरोना महामारिपछि सुरु भएको वसन्त यामको हिमाल आरोहणका लागि आरोहीको रोजाईमा अन्नपूर्ण हिमाल परेको छ । विभागले यस यामका लागि गत ९ मार्चमा पहिलो आरोहण अनुमति जारी गरेको थियो । पहिलो आरोहण अनुमति स्वरुप माउण्ट नुप्त्से आरोहणका लागि एक जना आरोहीले अनुमति लिएका थिए । नुप्त्से र मनास्लुका आरोहणका लािग एक/एक जनाले अनुमति लिएका छन् ।

सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारको समूह नेपाल आएपनि विभागबाट अनुमति लिइसकेका छैनन् । तीन हिमाल आरोहणको अनुमति दिदा विभागले ८८ लाख २३ हजार राजश्व संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.