पर्यटनमन्त्रीसँग व्यवसायीका माग: पारिश्रमिक बढाउनेदेखि व्यवसायीबीच विभेद नगर्नेसम्म

  २०७७ चैत १० गते १५:४६     विकासन्युज

काठमाडौं । पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्रका श्रमिकहरुले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

कोरोना महामारीपछि अस्तव्यस्त बनेको पर्यटन क्षेत्रमा श्रमिकको उत्थानलाई जोड दिंदै मंगलबार श्रमिकहरुको संस्था श्रमिक यूनियन (यूनिट्राभ) को पर्यटनमन्त्री भानुभक्त ढकाललाई १७ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

यूनिट्राभले मन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई सूचिकृत गर्नुपर्ने, पर्यटन श्रमिकको ज्याला तथा पारिश्रमिक ४० प्रतिशतले वृद्धि गर्नुपर्ने, कानून नमान्ने कम्पनीलाई कारबाही गरिनुपर्ने, पर्यटक आफूखुसी पदमार्गमा जाने एफ आइटी टीम्स बन्द गर्नुपर्ने माग राखेका छन् ।

यस्तै यूनिट्राभले माउन्टेन गाइडको तलब निर्धारण र स्वदेशी विदेशी गाइडबीचको विभेदको अन्त्य, हेलिकप्टर रेस्क्युमा हुने विभेदको अन्त्य, विमानस्थलमा आउट सोर्सिङ कम्पनीबाट कर्मचारी लिने व्यवस्थाको अन्त्य गर्नुपर्ने माग गरेको छ ।

पर्यटनमन्त्री ढकालले पर्यटन श्रमिले राखेको मागप्रति आफू सकारात्मक भएको भन्दै थप अध्ययन गरेर प्रतिक्रिया दिने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.