तिनाउ मिशनलाई प्राप्ति गरेको सिटिजन्स बैंकले कहिलेदेखि गर्छ एकीकृत कारोबार ?

  २०७७ चैत १० गते ११:३४     विकासन्युज

काठमाडौं । तिनाउ मिशन डेभलपमेन्ट बैंकलाई प्राप्ती (एक्विजिशन) गरेको सिटिजन्स इन्टरनेशनल बैंकले चैत १४ गते एकीकृत कारोबार शुरु गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएसँगै दुई संस्थाले सो दिनदेखि एकीकृत कारोबार गर्ने भएका हुन् ।

उक्त कारोबार सिटिजन्स इन्टरनेशनल बैंकको नामबाट शुरु हुने भएको हो । चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले सो दिनदेखि दुई बैंकबीच एकीकृत रुपमा वित्तीय कारोबार शुरु गर्ने निर्णय गरेको हो ।

कम्पनीको एकीकृत कारोबार गर्ने कम्पनीको निर्णयलाई नेपाल राष्ट्र बैंकले गत चैत ९ गते नै स्वीकृति दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.