एमएडब्लु वृद्धिले नेपालमा खोल्यो फोटनको विश्वस्तरीय सोरुम

  २०७७ चैत ८ गते १५:०१     विकासन्युज

काठमाडौं । नेपालका लागि फोटन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेहिकलले ललितपुरको बालकुमारीमा सोरुम खोलेको छ । करिब २५ सय वर्ग फिटमा फैलिएको यो नयाँ ‘स्टेट–अफ–आर्ट’ सोरुमले नेपालमा फोटन ब्रान्डको ‘नयाँ अनि ठूलो सुरुआत’लाई संकेत गदर्छ ।

नयाँ सोरुम नेपालमा फोटनको ‘बिग प्लान’अन्तर्गत स्थापना गरिएकाे कम्पनीले जनाएकाे छ । फोटनको नयाँ सोरुमलाई फोटन मोटर नेपालको फेसबुक, इन्स्टाग्राम र युट्युब च्यानलमा ‘लाइभ’ गरी भच्र्युअल माध्यमबाट सार्वजनिक गरिएको थियो ।

‘आजको दिन हाम्रा लागि निकै रोमाञ्चक छ । ग्राहक महानुभावहरु सदा हाम्रो पहिलो प्राथमिकतामा पर्नुहुन्छ । त्यसैले, उहाँहरुको आत्मविश्वास बढाउन र उहाँहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न हामीले यो आधुनिक सोरुम स्थापना गरेका हौं,’ एमएडब्लु ग्रुप अफ कम्पनिजका अध्यक्ष विष्णुकुमार अग्रवालले भने ।

आफुहरुले केही महिनाभित्रै २० हजार वर्ग फिटमा फैलिएको नयाँ स्टेट–अफ–आर्ट सर्भिस फेसिलिटी पनि निर्माण गर्ने उनले जानकारी दिए । यस्तै हामीले इटहरी, नेपालगञ्ज र बुटवलमा पनि सर्भिस तथा स्पेयर्स सेन्टर र देशभर १२ वटा आधिकारिक सर्भिस सेन्टरको स्थापना गर्ने उनले बताए ।

फोटन चीनको नम्बर १. कमर्शियल भेहिकल ब्रान्ड हो जसले सन् २०२० मा विश्वभर ६ लाख ८० हजार युनिट सेल्स हासिल गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढी हो ।

फोटनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई एक सय १० देशमा उपलब्ध छन् । हाल एमएडब्लु वृद्धिले नेपालमा फोटनका पिकअप र भ्यान विक्रीवितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.