आइतबार ५०० ले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैंछ कारोबार ?

  २०७७ चैत ८ गते १०:५३     विकासन्युज

काठमाडाैं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा ५०० ले उकालो लागेको छ । आइतबार सुन तोलामा ८७ हजार २०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

शुक्रबार छापवाला सुन तोलामा ८६ हजार ७०० मा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन आज तोलामा ८६ हजार ७५० मा कारोबार हुनेछ । शुक्रबार तेजाबी सुन तोलामा ८६ हजार २५० मा कारोबार भएको थियो ।

चाँदीको मूल्य आज ५ रुपैयाँले बढेकाे छ । चाँदी तोलामा एक हजार २८० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.