शिक्षा नीतिको प्रारम्भिक खाकामा कांग्रेसले सातै प्रदेशमा छलफल गर्ने

  २०७७ चैत ३ गते ११:४४     विकासन्युज

काठमाडाैं । नेपाली कांग्रेसले राष्ट्रिय शिक्षा नीतिमाथि छालफल गर्न सातै प्रदेशमा संयोजक नियुक्त गरेको छ । कांग्रेस आफैले तयार पारेको उक्त नीतिको प्रारम्भिक रुपमा छलफल गर्न सातै प्रदेशमा सुझाब संकलनका लागि संयोजक तोकेको हो ।

शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेलका अनुसार नयुक्त गरिएका संयोजकले सबै प्रदेशमा ब्यापक छलफल गरि सुझाब संकलन गर्नेछन् । उनका अनुसार प्रदेश नम्बर १ को संयोजकमा गोकर्ण बानिया, प्रदेश नम्बर २ मा रघुप्रदास सिं थारु, बाग्मती प्रदेशमा दिपेन्द्र सिजापति, गण्डकी प्रदेशमा चिनुु रानाभाटलाई तोकेको छ ।

यसैगरी, लुम्बिनी प्रदेशमा राधेश्याम पाठक, कर्णाली प्रदेशमा डा महेन्द्र कुमार मल्ल र सुदुरपश्चिम प्रदेशमा सुरेशराज जोशी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.