तराई–मधेश सम्वृद्धि कार्यक्रमको प्रगति पेश गर्न पालिकालाई निर्देशन

  २०७७ चैत २ गते १४:३९     विकासन्युज

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको तराई–मधेश सम्वृद्धि कार्यक्रम केन्द्रिय समन्वय ईकाइले तराई–मधेश सम्वृद्धि कार्यक्रम लागु भएका स्थानीय तहहरुलाई त्यसको प्रगति प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । समन्वय इकाईले एक सूचना जारी गर्दै सो कार्यक्रम लागु भएका स्थानीय तहहरुलाई हालसम्मको कार्य प्रगति बुझाउन निर्देशन दिएको हो ।

सुचनामा तराई मधेश सम्वृद्धि कार्यक्रम संचालन निर्देशिका-२०७७ को अनुसुचि ४ को ढाँचामा केन्द्रिय समन्वय इकाईको इ-पोर्टलमा कार्य प्रगति अपलोड गर्न भनिएकाे छ ।

गत माघ ३ गते बसेको मन्त्रीस्तरीय बैठकले तराई–मधेश सम्वृद्धि कार्यक्रम सञ्चालन कार्यविधि २०७५ खारेज गरी तराई मधेश सम्वृद्धि कार्यक्रम सञ्चालन निर्देशिका २०७७ स्वीकृत गर्ने निर्णय गरेको थियो ।

हालसम्म २ सय ८२ पालिकाका २ हजार ६ सय १७ वडामा सो कार्यक्रम लागु भएको छ । तराई मधेशका मानव विकास सुचाङमा तुलानात्मक रुपमा पछाडि परेका स्थानीय तहमा भौतिक पूर्वाधार लगायतका विकासको कार्यक्रमहरु एकीकृत रुपमा आर्थिक, सामाजिक रुपान्तरण गर्न एवं जनाताको सार्वजनिक सेवामा पहुँच अभिवृद्धि तथा जीवनस्वनस्तरमा सुधार ल्याउनको लागि यो कार्यक्रम लागु गरिएको हो ।

तराई मधेशका आर्थिक, सामाजिक रुपले पछाडि परेका वर्ग, समुदाय र भैगोलिक क्षेत्रको पहिचान गरी कार्यक्रम सञ्चालन हुने भौगोलिक क्षेत्र किटान गन तथाबजेट निकास र खर्चलाई पारदर्शी तथा बस्तुनिष्ट बाउने उद्धेश्य यो कार्यक्रमको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.