क्यान इन्फोटेक बैशाख २८ गतेदेखि हुने, शिक्षण संस्थाले निःशुल्क प्रवेश गर्न पाउने

  २०७७ चैत १ गते १९:४८     विकासन्युज

काठमाडौं । चालु वर्षको क्यान इन्फोटेक २०७८ साल बैशाख २८ गतेदेखि हुने भएको छ । कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघले) आईतबार पत्रकार सम्मेलन गरी मेला बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म काठमाडाैंको भृकुटीमण्डपमा हुने जानकारी गराएकाे हाे ।

कोभिड महामारीका कारण याे वर्ष गत वर्षहरुमा भन्दा झण्डै ३ महिना ढिलो गरि मेला आयोजना हुन लागेको हो । कोभिड महामारीको जोखिम कम भई नसकेकाले मेलामा स्वास्थ्य सर्तकतामा सम्पूर्ण मापदण्डलाई पालना गरिने आयोजकले जनाएका छन् ।

क्यान मेला प्रवेश टिकटलाई याे वर्ष पेपरलेस गर्ने आयोजकले जनाएका छन् । सर्वसाधारणका लागि १ सय र विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । सरकारी तथा सामुदायिक शिक्षण संस्थाहरुलाई भने पत्रका आधारमा नि:शुल्क प्रवेश दिईने आयोजकले जनाएको छ ।

मेलामा झण्डै ३ लाखले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । नेपालमा सूचना प्रविधि र मनोरञ्जन सम्बन्धी वार्षिक रुपमा आयोजना हुदै आएको क्यान इन्फोटेकको यो २७ औ संस्करण हो । क्यानले विगत २० वर्ष देखि राष्ट्रिय र अन्तराष्ट्रिय सूचना प्रविधि सम्मेलन पनि गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.