टाटा मोटर्सले इटहरीमा सार्वजनिक गर्यो पाँच वटा नयाँ गाडी

  २०७७ फागुन २८ गते १९:०७     विकासन्युज

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले इटहरीमा पाँच वटा नयाँ गाडी सार्वजनिक गरेको छ । कम्पनीले फरेवर रेन्ज अन्तर्गत पर्ने पाँच वटा नयाँ गाडीहरु फागुन २८ गते शुक्रबार पुर्वाञ्चलको ईटहरीमा सार्वजनिक गरेको हो ।

जसको उद्घाटन नाडा एशोसियशन पुर्वाञ्चलका अध्यक्ष सुवास आचार्यले गरेका हुन् । यी गाडीहरु (टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ) बि एस सिक्स प्रविधिले सम्पन्न छन् ।

योसँगै टाटा कम्पनी उक्त ईन्जिन प्रविधि भएको पाँच मोडलहरु एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कम्पनी भएको छ ।

यस्ता छन् टाटा मोटर्सका गाडीहरू

नयाँ टियागो
१२०० सीसी ईन्जिन क्षमताको नयाा टियागोको बनावट आकर्षक (स्पोर्टी) रहेको छ । उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटो जस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधाहरु भएको यो गाडी रातो, पहेलो, निलो लगाएत ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टियागो फोर स्टार सेफ्टी रेटिङ्ग पनि प्राप्त गर्न सफल भएको छ । यसको सुरुवाती मूल्य २८ लाख रुपैयाँ रहेको छ ।

नयाँ टिगोर
१२०० सीसी ईन्जिन क्षमताको नयाा टिगोरमा डिजिटल इन्स्र्टुमेन्ट क्लस्टर र रिर्भसिङ्ग क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरु रहेका छन् । मनमोहक बनावट सहित उत्कृष्ट सुरक्षाको बिशेषता भएको यो गाडी पााचवटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टिगोरले पनि फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेको छ । यसको सुरुवाती मूल्य ३२ लाख ५० हजार रुपैयाँ रहेको छ ।

नयाँ नेक्सन
१२००सीसी ईन्जिन क्षमता भएको नयाा नेक्सनमा इरा (इरा) जस्ता समुच्च प्रविधि जडान गरिएको छ । यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहााउदो भएको कुरा कम्पनीले जनाएको छ । टाटा नेक्सन ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल गाडी पनि हो । इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगाएतका नयाा बिशिष्ट बिशेषताहरु भएको नेक्सन ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ । यसको सुरुवाती मूल्य ३९ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

नयाँ अलट्रोज
१२०० सीसी ईन्जिन क्षमता भएको टाटाको नयाा अल्ट्रोजको सम्पुर्ण बनावट अल्फा (अल्फा) वास्तुकलामा आधारित छ । नेक्सनमा जस्तै आईआरए प्रविधि भएको यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको कुरा ग्लोवल एनक्याप मार्फत प्रमाणित भैसकेको छ । साथै हृयाचब्याक सेग्मेन्टमा ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ । यो रिदम, स्टाईल, लुक्स र अर्वन गरि चारवटा प्रकृतिमा उपलब्ध रहेको छ । यसको मूल्य ३५ लाख ५० हजार रुपैयाँ रहेको छ ।

नयाँ एच फाईभ
२००० सीसी ईन्जिन क्षमता भएको एच फाईभको सम्पुर्ण बनावट बिशिष्ट ओएमईजीएआरसी वास्तुकलामा आधारित छ । शक्ति, सुविधा र कार्यकुशलताको दृष्टीकोणले यो गाडी अतुलनीय भएको कम्पनीले जनाएको छ । एच फाईभ विभिन्न आकर्षक रङ्गहरुमा उपलब्ध रहेको छ । यसको सुरुवाती मूल्य ८४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार

२८ लाख देखि ८४ हजार रुपैयाँ पर्ने टाटा मोटर्सका नयाँ गाडीहरू यस्ता छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.