विराटनगरमा कुद्ने रिक्सामा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने, गभर्नरले गरे उद्घाटन

  २०७७ फागुन २८ गते १७:२६     विकासन्युज

विराटनगर । विराटनगर नोबेल मेडिकल कलेज रुटमा कुद्ने अटो रिक्सामा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैङ्कले अटो चालकलाई क्युआर कोड उपलब्ध गराएपछि अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको हो ।

शुक्रबार राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड हस्तान्तरण गरेका हुन् । नगदरहित कारोबार सुरु भएको बताउँदै उनले नोट कम चलाएर डिजिटल कारोबार गर्न आग्रह समेत गरे ।

यससँगै केएन अटो यातायात प्रालिमा आबद्ध अटोमा क्युआर कोडमार्फत भुक्तानी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.