पाटन दरबारको मन्दिर पुनःस्थापना गर्न हिमालयन बैंकले दियो १ करोड

  २०७७ फागुन २६ गते १६:१९     विकासन्युज

काठमाडौं । पाटन दरबारको मन्दिर पुनःस्थापना गर्न हिमालयन बैंकले १ कराेड सहयाेग गरेकाे छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाटन दरबार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुननिर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई १ करोड सहयाेग गरेकाे हाे ।

बैंक संचालक समितिका अध्यक्ष तुलसी प्रसाद गौतमले ट्रष्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रोहित कुमार रन्जितकारलाई बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक समाहरोकाबीच सो सम्बन्धि चेक हस्तान्तरण गरे ।

बैंकले आफ्नो स्थापना काल देखिनै स्वास्थ्य, शिक्षा, प्राकृतिक विपत्तिमा परेकाहरु, संस्कृतिक सम्पदाहरुको संरक्षण/पुर्नस्थापना, वित्तिय साक्षरता, वातावरण संरक्षण, जनचेतना आदि जस्ता क्षेत्रमा सहयोग प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.