‘डिशहोम गो’ मा अब ७० वटा च्यानल

  २०७७ फागुन २५ गते १६:५४     विकासन्युज

काठमाडाैं । डिशहोम गाे मा अब ७० वटा च्यानल प्रसारण हुने भएकाे छ ।

डिशहोमले आफ्ना ग्राहकहरुलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधी ‘डिशहोम गो’ सुरु गरे यता २० वटा च्यानल मात्र संचालन भईरहेकोमा अब देखी प्रयोगकर्ताहरुले ७० वटा च्यानल मिल्ने भएकाे हाे ।

यस संगै डिशहोम गो एपले भिडियो अन डिमाण्ड सेवा पनि सुरु गरेको छ । यसमा आफुले चाहेको समयमा अंग्रेजी, हिन्दी तथा नेपाली सिरिज, फिल्म र सर्टफिल्महरु हेर्न सक्नेछन् ।

कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने गरी केही समय अघि न डिशहोम गो मोबाइल एप ल्याएको थियो ।

डिशहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हो । कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शुल्क लाग्ने छैन । डिशहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आईडी प्रयोग गरी निःशुल्क रुपमा यो सेवा प्रयोग गर्न पाउने छन् ।

डिशहोमका प्रयोगकर्ताले एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र एप्पलका लागि एप स्टोरबाटे डिशहोम गो ओटीटी एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.