एफपीओ निष्काशन र लाभांश पारित गर्न मिर्मिरे लघुवित्तले बोलायो वार्षिक साधारणसभा

  २०७७ फागुन २५ गते १३:१९     विकासन्युज

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आगामी चैत १८ गते वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले सो दिन बिहान ११ बजेर काभ्रेपलान्चोकको बनेपास्थित पञ्चकन्या बैंन्क्वेटमा १०औं वार्षिक साधारणसभा आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ९.१९९ प्रतिशत बोनस र ०.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

त्यस्तै, स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न लागेको मिर्मिरे लघुवित्तले प्रिमियममा सेयर अर्थात एफपीओ(फर्दर पब्लिक अफरिङ्) निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

स्वेडा लघुवित्तका तत्कालीन संस्थापक सेयरधनीहरुले राखेको कल्स इन एडभान्सको रकमलाई संस्थापक सेयरधनीको चुक्ता पुँजीमा समायोजन गर्न र उक्त संस्था प्राप्ती पश्चात संस्थापक सेयर र सर्वसाधारण सेयरपुँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकम एफपीओ मार्फत निष्काशन गर्न लागेको संस्थाले जनाएको छ ।

उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको चैत ८ गतेदेखि चैत १८ गतेसम्म बुक क्लोज हुनेछ । यससँगै चैत ७ गतेसम्म कायम सेयरधनीहरु सभामा भाग लिन पाउनुका साथै, प्रस्तावित लाभांश पाउने छन् ।

सम्बन्धित समाचार

मिर्मिरे लघुवित्तको लाभांश घट्यो, अब कति दिन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.