मिथिला लघुवित्तले सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने

  २०७७ फागुन २५ गते ११:०१     विकासन्युज

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई बोनस र नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

फागुन २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी १२ करोड १७ लाख रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी १३ करोड ६३ लाख रुपैयाँ पुग्ने छ ।

प्रस्तावित १२.६३ प्रतिशत लाभांश अघिल्लो वर्षको तुलनामा कम हो । संस्थाले अघिल्लो वर्ष अर्थात २०७५/७६ को नाफाबाट सेयरधनीलाई १५ बोनस र ०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.