नेपाली बजारमा पियाजियो अप्रिलियाको एसएक्सआर १६० स्कूटर, मूल्य ४ लाख ९ हजार ९ सय रुपैयाँ

  २०७७ फागुन २३ गते १६:३५     विकासन्युज

काठमाडौं । नेपाली बजारमा आकर्षक नयाँ डिजाइनमा अप्रिलियाको स्कूटर उपलब्ध हुने भएको छ । पियाजियो र एम.भी.दुगड ग्रुपले अप्रिलिया एसएक्सआर १६० मोडलको स्कूटर उपलब्ध गराउन लागेको हो । नेपालका सबै डिलरमा ४ लाख ९ हजार ९ सय रुपैयाँमा यो स्कूटर उपलब्ध गराउने कम्पनीले जनाएको छ । यो स्कूटर भारतीय बजारमा केही महिना पहिले लन्च भएको थियो ।

सोमबार राजधानीको म्यारियट होटलमा आयोजित एक विशेष कार्यक्रममा अप्रिलियाको एसएक्सआर १६० मोडलको स्कूटर लन्च गरिएको छ । एम.भी. दुगड ग्रुपका चेयरम्यान मोतिलाल दुगड, उपाध्यक्ष, विवेक दुगड, उपाध्यक्ष विजय महतो, पियाजियो इन्डियाका अध्यक्ष तथा प्रवन्ध निर्देशक डिएगो ग्राफ्फी, वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवालले संयुक्त रुपमा उद्घाटन गरे । नेपालमा डेढ महिना अगाडी नै यसको बुकिङ खुलिसकेको थियो ।

‘इटालीमा डिजाइन गरिएको अप्रिलिया एसएक्सआर १६० ले नेपाली बजारमा उच्च मापदण्ड पूरा गर्नेछ ।’ पियाजियो इन्डियाका अध्यक्ष तथा प्रवन्ध निर्देशक डिएगो ग्राफ्फीले भने ‘हामी सबै ग्राहकहरूका लागि अप्रिलिया एसएक्सआर १६० लाई धेरै अपेक्षित प्रिमियम स्कूटरको रुपमा प्रस्तुत गर्न पाउँदा खुसी छौं ।’ ‘एम.भी.दुगड ग्रुप पियाजियो ग्रुपसँग साझेदारी गर्दै विश्वस्तरीय भेस्पा र अप्रिलियाका प्रिमियम उत्पादनहरु बिक्री बितरण गर्दै आईरहेको छ ।’ एम.भी.दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडले भने ‘हामी गुणस्तरीय उत्पादनको कार्य क्षमता बिस्तार गर्न तयार भएका छौं । हाम्रा ग्राहकहरुलाई विश्व स्तरीय पियाजियोको अनुभव प्रदान गर्ने प्रयत्न गर्दैछौं ।’

नेपालका लागि आधिकारिक विक्रेता एम.भी. दुगड ग्रुपले टू ह्वीलरमा अनुशासित ढंगले काम गर्न पाउँदा खुसी भएको पियाजियो ग्रुपका वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवालले बताए । यस्तै दुगड ग्रुपकै उपाध्यक्ष विजय महतोले नयाँ, आकर्षक, अप्रिलिया एसएक्सआर १६० मोडलको स्कूटर सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । महतोले देशभर रहेका थ्रीएस सुविधा सहितका भेस्पा र अप्रिलियाका ३६ आउटलेटमार्फत यो स्कुटर उपलब्ध हुने बताए ।

अप्रिलियाको नयाँ स्कूटरमा के छ विशेषता ?
अप्रिलियाको नयाँ स्कूटर एसएक्सआर १६० मोडलमा एक्ल सिलिन्डर, ४–स्ट्रोक, एयर –कुल्ड, ३ भल्भ फ्युल इन्जेक्सन, कमम कार्वन इमिसन इन्जिन टेक्नोलोजी (बिएसभिआइ) लगाएको छ । यसले गर्दा ७१०० आरपिएम मा ११ पीएसको पिक आवर प्रदान गर्छ । यसले ७ लिटर ईन्धन क्षमता राख्छ । यसमा ३ कोट एचडि बडि पेन्ट फिनिश, अप्रिलिया फिचर ग्राफिक्स, म्याट कालो डिजाइन सम्मिलत डार्क क्रोम एलिमेन्ट्सको साथ उपलब्ध गराइएको छ । एन्टि–लक ब्रेकिंग सिस्टम ९एबीएस० भएको यस स्कुटरमा भेन्टिलेटेड डिस्क ब्रेक र ट्वीनस पट् क्यालिपर हाइड्रोलिक ब्रेकको साथ आउछ । जसले उच्च ब्रेकिंग सुरक्षा प्रदान गर्दछ । यो स्कूरट आकर्षक ग्लसी रेड, म्याट निलो, ग्लसी ह्वाइट र म्याट ब्ल्याक रंगहरूमा उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.