डिप्रोक्स लघुवित्तले साधारण सभामा जाँदै, तोक्यो बुक क्लोजको मिति

  २०७७ फागुन २३ गते १२:१८     विकासन्युज

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था आगामी चैत २० गते वार्षिक साधारणसभामा जाँदै छ । संस्थाको १९औं सभा सो दिन चितवनको सौराहास्थित होटल मोनालिसामा हुने भएको हो ।

सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी चैत १० गतेदेखि चैत २० गतेसम्म बुक क्लोज हुने भएको छ ।

सभाले १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद(करसहित) गरि २० प्रतिशत लाभांश प्रस्ताव पारित गर्दै छ ।

हाल संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ नाघ्ने छ ।

प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । संस्थाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट चुक्ता पुँजीको ३० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

One comment on "डिप्रोक्स लघुवित्तले साधारण सभामा जाँदै, तोक्यो बुक क्लोजको मिति"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.