एक हजार जनालाई राेजगारी दिइरहेकाे एफवानसफ्ट १८ औं वर्षमा प्रवेश

  २०७७ फागुन २२ गते १३:३९     विकासन्युज

काठमाडाैं । नेपालको सबैभन्दा ठुलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८ औं वर्षमा प्रवेश गरेको छ । सन् २००४ को मार्च ६ गतेबाट कम्पनीले आफ्नो सेवा सुरु गरेको थियो ।

१७ वर्षको अवधिमा कम्पनी नेपालको ठुलो र अग्रणी आइटी कम्पनीका रूपमा स्थापित हुन सफल भएको छ । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबै प्रकारकाे प्रविधिको निर्माण गरेको छ ।

एसएमएस बैंकिङबाट आफ्नो सेवा स्थापना गरेको कम्पनीले हाल वित्तीय क्षेत्रलाई आवश्यक पर्ने ईन्टरनेट बैंकिङ, मोबाईल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता निकै रूचाइएका प्रविधिहरू निर्माण गरिसकेको छ ।

यस्तै एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाईल मार्फत हुने भुक्तानीको विकास गरेको छ । तीनजना युवाको परिकल्पनाबाट सुरु भएको एफवान सफ्ट ग्रुपमा अहिले एक हजारभन्दा बढि दक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्न सफल भएको छ ।

१७ औँ वार्षिक उत्सवका अवसरमा एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले एफवान सफ्टले निर्माण गर्ने प्रविधिले आम मानिसको दैनिकी सहज बनाओस् र त्यसको फाइदा मुलुकलाई पुगोस् भन्ने दृष्टिकोण राखेर आफुहरुले प्रविधि निर्माण गरेकाे बताए । ‘हामीले डिजिटल नेपाल बनाएर देशको जिडिपीमा पनि ठुलो योगदान दिन सकौँ भन्ने उदेश्य राखेका छौँ । यसका लागि आगामी दिनमा हामी अझ मिहिनेतका साथ लाग्नेछौँ,’ उनले भने ।

एफवान सफ्ट ग्रुप अन्तर्गत हाल एक दर्जन बढि कम्पनी सञ्चालनमा छन् । एफवान सफ्ट गु्रप अन्तर्गत इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका, सिरानटेक जस्ता लिडिङ कम्पनी सञ्चालित छन् । यी कम्पनीले वित्तीय क्षेत्र बाहेक स्वास्थ्य, शिक्षा तथा अन्य विभिन्न क्षेत्रलाई डिजिटलाइज गर्ने उदेश्यले सफ्टवेयर निर्माण गर्ने गर्दछन् ।

नेपालका अधिकांश बैंंक तथा वित्तीय संस्थाले एफवान सफ्टले विकास गरेका प्रविधि प्रयोग गर्दै सेवा दिइरहेका छन् । कम्पनीले विकास गरेको मोबाईल बैंकिङ र इन्टरनेट बैंकिङका प्रयोगकर्ता नेपालमा एक करोड १० लाखभन्दा धेरै रहेका छन् । यस्तै कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.