एक सातामै फेरि २२० रुपैयाँले बढ्याे‍ हवाई भाडा, कुन ठाउँ जान कति ?

  २०७७ फागुन २० गते १७:२६     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धन मूल्य बढाएसँगै वायुसेवा प्रदायक कम्पनीले पनि फेरि हवाई भाडादर बढाएका छन् । गत साता मात्रै ९० रुपैयाँ सम्म भाडा बढाएको वायुसेवा सञ्चालक संघले फेरि हवाई भाडा बढाएको हो ।

वायुसेवा सञ्चालक संघले तयार पारेको विवरण अनुसार सबैभन्दा बढी २२० रुपैयाँ र न्यूनतम २० रुपैयाँले भाडा बढेको छ ।

नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँले बढाएसँगै हवाई भाडा पनि बढेको हाे । वायुसेवा सञ्‍चालक संघ नेपालले फागुन २१ देखि लागु हुने गरी नयाँ इन्धन शुल्क अर्थात आमबुझाइमा हवाई भाडा बढाएको हो ।

हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँ बढ्दा विमानको इन्धन शुल्क न्यूनतम २० रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्म बढेको संघले जनाएको छ । बढेको इन्धनअनुसारको भाडादर नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेपछि लागू हुन्छ ।

संघको विवरण अनुसार अधिकतम सरचार्ज वृद्धि हुने रुट काठमाडौं धनगढी छ। यो रुटको सरचार्ज २२० रुपैयाँले वृद्धि भएको छ। यसैगरी न्यूनतम सरचार्ज वृद्धि भएको रुट अन्तर्गत डोटी–साँफेबगर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.