कृषिमलको समस्या सधैंको लागि अन्त्य भएकाे छ: कृषिमन्त्री अर्याल

  २०७७ फागुन २० गते १३:५८     विकासन्युज

काठमाडाैं । कृषि तथा पशुपन्छी मन्त्री पद्यमाकुमारी अर्यालले कृषिमलको समस्या सधैंको लागि अन्त्य भएको बताएकी छिन् । बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले मलको अभावमा किसानलाई परेको समस्यामा सधैंको लागि अन्त्य भएको बताएकी हुन् ।

आफूले मन्त्रालय सम्हालेपछि तत्कालिन रुपमा समस्याको समाधानको रुपमा गरिएको व्यवस्थापन र मध्यकालिन समाधानको रुपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपुर्ती हुन थालेपछि मलको समस्या हटेको उनले बताइन् ।

उनले मन्त्रालयले दीर्घकालिन समाधानका लागि मल कारखान स्थापना गर्ने गरी काम अगाडी बढेको र मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने जानकारी दिइन् ।

आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनेगरी प्रथम चौमासिक अवधीमा ३ लाख मेट्रिक टन मल आपुर्तीको प्रक्रिया यहि महिनाबाट सुरु गरिने पनि मन्त्री अर्यालले बताइन् ।
कृषि तथा पशुपन्छी मन्त्रालय अनुसार यस आर्थिक वर्षको आयातबाट २ लाख मेट्रिक टन मल आगमी वर्षको धान सिजनका लागि मौज्दात रहने भएकाले उक्त मौज्दातले साउनदेखि असोजसम्मको माग धान्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.