३३ वर्ष राष्ट्र बैंकमा रहदा स्वार्थका कन्तुरमा विवेकलाई बन्धकी राखिनँ

  २०७७ फागुन १९ गते १०:०१     चिन्तामणि सिवाकोटी

सम्मानित केन्द्रीय बैंकको गरिमामय डेपुटी गभर्नरको पदको कार्यकाल पुरा गरी मिति २०७७ फाल्गुण १८ देखि सेवानिवृत्त भएको छु ।

पाँच वर्ष डेपुटी गर्भनर सहित ३३ वर्षको कार्यकालमा म जुनजुन भूमिकामा रहेँ, सोही अनुरुपको धर्म निभाए । अनुचित सुविधाहरु आफ्नो पक्षमा पार्न इमान्दारिता र स्वाभिमानलाई कहिल्यै सौदाबाजी गरिनँ र स्वार्थका कन्तुरमा विवेकलाई बन्धकी राखिनँ ।

वित्तीय स्थायित्व कायम गर्ने नेपाल राष्ट्र बैंकको उद्धेश्य पुरा गर्न र दण्डहिनता तोड्न मैले निष्ठापूर्वक कार्य गरें । मितव्ययिता, पारदर्शिता र जबाफदेहितालाई मुलधारमा राखेर पद्धति अनुरुपको कार्यलाई पक्षपोषण गरें ।

केन्द्रीय बैकको अस्मिता चीरहरण हुन खोज्दा यस्को स्वायत्तताको रक्षार्थ आवाज उठाइरहे । समग्र वित्तीय क्षेत्र र कार्यरत संस्थाको हीतमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सरोकारवालाहरु बीच समन्वय र सहकार्य मार्फत उल्लेखनीय अनुभव हासिल गरें ।

कर्मचारी मित्रहरु र सेवाग्रहीहरुसँग सकेसम्म उदारतापूर्वक मित्रवत व्यवहार गरें । सानो चित्त गरिनँ । पटक पटक म माथि आरोप, प्रत्यारोपका प्रयत्नहरु भए तर म कहिल्यै निराश र हतोत्साही भइनँ । बरु ती झुटका पुलिन्दाहरुले उल्टै मलाई अग्रगमनका लागि उर्जा प्रदान गरे ।

विदाइको यो संघारमा मलाई जिम्मेवारी दिने र सो पूरा गर्न सहयोग गर्ने नेपाल सरकार र नेपाल राष्ट्र बैकप्रति सदा आभारी छु । मेरो कार्यकालमा मलाई सहयोग गर्ने र सद्भाव राख्ने गभर्नरज्यूहरु र सञ्चालकज्यूहरु, सम्पूर्ण कर्मचारी मित्रहरु, बैंकरहरु, दातृ निकाय, सरोकारवाला संघ संस्था, पत्रकार बन्धुहरु र शुभेच्छुकहरुलाई अन्तरआत्मादेखि नै धन्यवाद दिन चाहान्छु । निर्णय तहमा रहेर काम गर्दा सबैको चित्त बुझाउन नसकिएको हुन सक्छ । मबाट जान अन्जानमा कुनै कमी कमजोरी भएको भए वा मेरो कामकारवाहीबाट कसैलाई चोट पुगेको भए माफी चाहान्छु ।
(नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर सिवाकोटीले अवकाश पाएपछि व्यक्त गरेको धारणा)

सम्बन्धित सामग्री

राष्ट्र बैंकमा चिन्तामणिका ३२ वर्षः अफिसमै ‘नजरबन्द’देखि खुल्लामञ्चमा जुत्ता पसलसम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.