सुनको आपूर्ति दुई गुणा बढाउँदै सरकार, दैनिक ३० किलो आयात खुलाउन व्यवसायीकाे माग

  २०७७ फागुन १८ गते २०:१७     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराइले सुनको आपूर्ति वृद्धि गरिने बताएका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा मंगलबार गएको सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधीमण्डलले बजारमा कच्चा सुनको अभाव देखिको भन्दै तत्काल आपूर्ति वृद्धि गर्न सरकारसँग माग गरेपछि सचिव भट्टराईले सो कुरा बताएका हुन् ।

गत वर्षको लकडाउनपछि सरकारले सुन आयातमा दैनिक १० किलो सुन आयात गर्न पाउने गरी सरकारले सीमा निर्धारण गरेको छ । विगतका वर्षमा सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको बताउँदै व्यवसायीहरुले माग अनुसार आपूर्ति गर्न मिल्ने व्यवस्था मिलाईदिन आग्रह गरेका छन् ।

सचिव भट्टराइले कोटा वृद्धिगरी बजारमा देखिएको अभाव हटाउन पहल गर्ने प्रतिवद्धता जनाएको महासंघले जनाएको छ । उनल आपूर्ति कम भएका कारण बजारमा सुनको अभाव देखिएको स्वीकार गर्दै सम्वन्धित निकायहरुसँग आवश्यक परामर्शगरी शीघ्र समस्याको समाधान गरिने बताएका छन् । सचिव भट्टराइले आपूर्ति ब्यवस्था प्रभावकारी नहुँदा अवैध कारोबार फस्टाउन सक्ने तचर्फपनि सरकार सचेत रहेको बताएका छन् ।

सचिव भट्टराइले सुनचाँदी ब्यवसाय सञ्चालनकालागि आवश्यक पर्ने नीतिगत ब्यवस्थाकालागि यसअघि नै मस्यौदा तयार भैसकेकोे उल्लेख गर्दै त्यसलाई शीघ्र कार्यान्वयनमा ल्याइने बताएका छन् ।

त्यस क्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समासधानगर्न सचिव भट्टराईसँग आग्रह गरेका छन् । उनले सरकारले कोभिडका कारण भएको लकडाउनकाक्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको बताए ।

उनका अनुसार अहिले बजारमा दैनिक २५ देखि ३० किलोसम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने हुन्छ । आवश्यकता अनुसार कच्चा सुन सहजरुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.