नेपालीले बनाएको सामाजिक सञ्जाल ‘आफन्त’, जहाँ जागिर खोज्नेदेखि सामान बेच्न पाइने

  २०७७ फागुन १२ गते १८:५८     विकासन्युज

काठमाडौं । नेपालीहरूले निमार्ण गरेको सामाजिक सञ्जाल ‘आफन्त’ एप सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमा प्रधानमन्त्री कार्यालयका सचिव डा.बैकुण्ठ अर्यालले ‘आफन्त’ एप सार्वजनिक गरेका छन् । वेवसाइट तथा एप दुबै माध्यममा यो उपलब्ध छ ।

अन्य सामाजिक जस्तै ‘आफन्त’ एपमा तस्विर, भिडिओहरु पोस्ट गर्न सकिनेछ । लेख, ब्लगहरु पनि पोस्ट गर्न, च्याट गर्न मिल्नेछ । अन्य सामाजिक सञ्जाल भन्दा ‘आफन्त’ एपको फरक विशेषता के छ भने यस प्लेटफर्ममार्फत तपाईले आफ्नो कुनै उत्पादन विक्री गर्न सक्नुहुनेछ । यस एपले विक्रेता र क्रेतालाई जोड्ने पुलका रुपमा काम गर्नेछ ।

‘आफन्त’ एपलाई नेपालीहरूको अनलाइन साझा चौतारी बनाउन खोजिएको यसका सञ्चालक तथा प्रमुख सम्पादक तेजप्रसाद ढकालले बताए । ‘यस एपमा सबै नेपालीहरुलाई जोडेर व्यापार गराउने उद्देश्य रहेको छ ।’ ढकालले भने ‘यसलाई अझै परिष्कृत गर्दै लैजानेछौं ।’ प्रधानमन्त्री कार्यालयका सचिव डा.बैकुण्ठ अर्यालले ‘आफन्त’ एपलाई सरकारका तर्फबाट सहयोग रहने बताएका छन् । ‘एपहरुको भीडमा यो त्यत्तिकै नहराओस् । उत्पादन, बजार, उद्यमीहरूलाई जोड्न सकोस् । प्रयोगकर्ताहरुलाई सजिलो होस् ।’ डा.अर्यालले भने ।

‘आफन्त’ एपले रोजगार दिने र कामको खोजीमा रहेकालाई पनि सहयोग पुर्‍याउनेछ । यस प्लेटफर्ममा आफ्नो कम्पनीलाई चाहिएको जनशक्तिबारे विस्तृत विवरण राख्न सकिनेछ । जागिरको खोजीमा रहेकाहरुले पनि आफूलाई उपयुक्त लागेको भ्याकेन्सीमा एप्लाइ गर्न सक्नेछन् । ‘साना उद्यमीहरूका लागि यो राम्रो प्लेटफर्म हो ।’ एनपीइडिसिकी अन्जना ताम्राकारले भनिन्, ‘उद्यमीले बजार नपाउदा समस्या भोगिरहेका छन् । यो एकदमै ठूलो अवसर हो ।’

‘आफन्त’ एप साँच्चिकै उपयोगी भएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशीले बताए । नेपालीहरुलाई जोड्ने यो एप जति बण्ी प्रयोग गर्न सक्यौं, त्यति फाइदा छ । जोशीले भने ‘यो सञ्जालबाट देशका कुनाकाप्चामा उत्पादन भएका सामान बेच्न सकिन्छ ।’ गाउघरमा उत्पादन भएका वस्तु तथा सामानहरु यस प्लेटफर्ममार्फत बेच्न सकिने आफन्त नेपाल प्रा.ली.ले बताएको छ । आम नेपालीहरुको उद्यम व्यवसायलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ, ‘त्यसमा जोड दिन्छौं ।’ आफन्त नेपालका सञ्चालक ढकालले भने, ‘संघीय, प्रदेश, स्थानिय सरकारसँग मिलेर अगाडी बढ्ने योजना छ ।’

यो एप एन्ड्रोइड र आइओएस दुबै भर्सनमा डाउनलोड गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.