सानिमा लार्ज क्याप फण्डको इकाई सूचीकृत, बुधबारदेखि किनबेच हुने

  २०७७ फागुन ११ गते १७:१५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सानिमा लार्ज क्याप फण्डको इकाई सूचीकृत भएको छ । हालै इकाई निष्काशन गरी बाँडफाँड गरेको उक्त इकाई आज(फागुन ११ गते) नेप्सेमा सूचीकृत भएको हो ।

सामूहिक लगानी कोष इकाई सानिमा लार्ज क्याप फण्डको १२ करोड इकाई नेप्सेमा सूचिकृत भएको हो । जसको प्रतिइकाई मूल्य १० रुपैयाँ कायम रहेको छ ।

उक्त कोष सूचीकरण सम्झौता पत्रमा नेप्सेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका हुन् ।

नेप्सेमा सूचीकृत भएसँगै यस सामूहिक लगानी कोषको भोलि अर्थात फागुन ११ गतेबाट दोश्रो बजारमा कारोबार शुरु हुने छ ।

साथै, इकाई सूचीकरण पश्चात दिनुपर्ने आरटीजीएस सम्बन्धी सेवा काठमाडौंको पुतलीसडकस्थित सानिमा क्यापिटलबाट पाइने छ ।

सम्बन्धित सामाचार

सबै आवेदकले माग गरेजति पाए सानिमा लार्ज क्याप फण्डको इकाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.