नेपाल ल्युब आयलले हिरणबहादुर बुढाथोकीलाई हस्तान्तरण गर्यो सुजुकी स्विफ्ट गाडी

  २०७७ फागुन ९ गते १४:४३     विकासन्युज

काठमाडौं । गल्फ लुब्रिकेन्टको आधिकारिक वितरक नेपाल ल्युब आयलले सिन्धुली अटो सुकेधाराका सञ्चालक हिरणबहादुर बुढाथोकीलाई सुजुकी स्विफ्ट जेडएक्सआई गाडी हस्तान्तरण गरेको छ । आयलले काठमाडौं क्षेत्रमा धेरै लुब्रिकेन्ट बिक्री गरेवापत क्लब स्किम अन्तर्गत सञ्चालक बुढाथोकीलाई उक्त गाडी हस्तान्तरण गरेको हो ।

शुक्रबार आयोजित एक कार्यक्रमकाबीच नेपाल ल्युब आयलका जनरल म्यानेजर गंगाराज भट्टराई (प्रकाश) र एभ ट्रेडिङका प्रबन्ध सञ्चालक मधुसूदन सिग्देलले बुढाथोकीलाई गाडी हस्तान्तरण गरेका हुन् । सो अवसरमा नेपाल ल्युब आयलका डिलर इनचार्ज जयप्रकाश पञ्जियार र मार्केटिङ अफिसर समिप तिमिल्सिनाको समेत उपस्थिति थियो ।

बुढाथोकीले विगत ४ वर्षदेखि नेपाल ल्युब आयलको काठमाडौं क्षेत्रको आधिकारिक वितरक एभ ट्रेडिङ प्रालि अन्तर्गत गल्फ लुब्रिकेन्ट बिक्री-वितरण गर्दै आएका छन् ।

गल्फ लुब्रिकेन्ट धेरै बिक्री गर्ने र अर्को आर्थिक वर्षमा समेत धेरै बिक्री गर्न प्रतिवद्धता व्यक्त गर्ने बिक्रेताहरुलाई नेपाल ल्युब आयलले क्लब स्किम अन्तर्गत सुजुकी गाडी हस्तान्तरण गर्ने गरेको छ ।

एभ ट्रेडिङले विगत ८ वर्ष देखि नै काठमाडौं क्षेत्रमा नेपाल ल्युब आयल अन्तर्गत गल्फ लुब्रिकेन्टको आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ ।

नेपाल ल्युब आयलले ३४ वर्षभन्दा लामो समयदेखि गल्फ लुब्रिकेन्ट निर्माण गरी बिक्री वितरण गरिरहेको छ । यसले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा प्राविधिक सम्झौता गरी नेपालमै लुब्रिकेन्ट निर्माण गरिरहेको छ । गल्फ अन्तर्राष्ट्रिय ब्रान्ड हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.