मन्त्रालय जाँदा पढाउन हिँड्या जस्तो हुन्छः सीईओ रेग्मी

  २०७७ फागुन ६ गते १६:०९     विकासन्युज

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले मन्त्रालयका मन्त्री र कर्मचारीहरुको कार्यशैली र दक्षतामाथि प्रश्न गरेका छन् । कोरोना भाइरसपछि यसले निम्त्याएका चुनौती र गरेका कामहरु सार्वजनिक गर्दै सीईओ रेग्मीले मन्त्रालयका मन्त्री र कर्मचारीको क्षमतामाथि प्रश्न उठाएका हुन् ।

उनले आफुले मन्त्रालयमा जाँदा पढाउन हिँड्या जस्तो महसुस हुने सुनाए । ‘कहिले मन्त्रीज्यू फेरिनु भएको छ, कहिले सचिवज्यू फेरिने सहसचिव ज्यू फेरिने, पूरानो कर्मचारी फेरिएका छन्, त्यही पूरानो काम गर्न लाग्यो भने फेरि नयाँ तरिकाले जानु पर्छ, अगाडि गरिसकेको कूरा बारम्बार त्यही कूरा भन्नु परेको छ, हामी नेपाललाई कता लिएर जाँदैछौं त्यो नै क्लियर छैन, भन्दा नराम्रो सुनिएला म मन्त्रालय जाँदा पढाउन हिँड्या जस्तो लाग्छ,’ उनले भने ।

कार्यक्रममा सरकारको नीतिको कारणले नै पर्यटक भित्र्याउन असहज भएको बताए । ‘हाम्रो नीति पर्यटकलाई बोर्डरमा अनावश्यक टर्चर दिने भयो, अनावश्यक सोधिखोजी हामी गर्छौं, यसो गर्दा पर्यटक नै त्रसन्छ, उत्यसपछि कहिल्यै पनि नेपाल फर्कने मनसाय गर्दैन, हामीले पर्यटकहको संख्या बढाउन पनि सिस्टम चेन्ज गर्न आवश्यक छ,’ उनले भने ।

पर्यटन कोर्ड सांस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्रालय अन्तगर्त छ । सीईओ रेग्मी बोर्डको नेतृत्वमा आएपछि दुई मन्त्री फेरिएका छन् । यसअघि सो मन्त्रालयका मनत्री योगेश भट्टराई थिए भने मन्त्रालयका सचिव केदार बहादुर अधिकारी थिए ।

हाल सो मन्त्रालयमा मन्त्रीका रुपमा भानुभक्त ढकाल आएका छन् भने सचिव यादव प्रसाद कोइराला आएका छन् । मन्त्री र सचिव नै नयाँ आएपछि आफुले गर्ने काम योजनाहरु पनि फेरि सुरुबाट सुनाउनु र बुझाउनु पर्ने बाध्यता आएको उनले कार्यक्रममा बताए ।

कोरोना भाइरस (कोभिड–१९) को एक वर्ष र कोरोनाले सिर्जना गरेका चुनौती र यो अवधिमा नेपाल पर्यटन बोर्डले गरेको काम कारवाहीका बारेमा जानकारी दिँदै सीईओ रेग्मीले नेपालमा पर्यटन उद्योग प्रवर्द्धक गर्नको लागि सरकारले जेजस्ता नीतिगत व्यवस्था तथा भाषणवाजी रगेपनि कार्यान्वयनमा भने सुस्त देखिएको पनि बताए ।

‘हामीले यो एक वर्षको अवधिमा अध्ययन अनुसन्धान तथा सर्भे गरेका थियौं, जसमा ८३७ जना सर्भेमा सहभागी भएका थिए, हामीले अध्ययन गरे अनुसार हालसम्म डेढ खर्ब रुपैयाँ मात्रै पर्यटन उद्योगमा लगानी भएको छ, पर्यटन क्षेत्रमा ८५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.