बुधबार ११ सयले घट्याे सुनकाे मूल्य

  २०७७ फागुन ५ गते ११:२२     विकासन्युज

काठमाडाैं । बुधबार सुनकाे मूल्य ११ सयले घटेकाे छ । मंगलबार ९० हजार ९ सयमा काराेबार भइरहेकाे सुन बुधबार प्रतिताेला ८९ हजार ८ सय रुपैयाँ पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । मंगलबार ९० हजार ४ सय रुपैयाँमा कारोबार भएकाे तेजाबी सुन प्रतितोला १०५० रुपैयाँले घटेर ८९ हजार ३५० रुपैयाँ पुगेकाे छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतिताेला १३४० रुपैयाँ काराेबार भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.