ग्रीनलाइफ हाइड्रोको आईपीओ बाँडफाँड कहिले ?

  २०७७ फागुन ४ गते १७:३७     विकासन्युज

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरले निष्काशन गरेको साधारण सेयर (आईपीओ)को बाँडफाँड आगामी शुक्रबार (फागुन ७ गते) हुने भएको छ । आईपीओ सो दिन बिहानै फर्ष्ट आवरमा बाँडफाँड गरिने तयारीको साथ काम भइरहेको बिक्री प्रबन्धक बिओके क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओको प्रि-अलोटमेन्ट भइसकेको र बाँडफाँडको अनुमतिको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पठाइएको क्यापिटलले जानकारी गराएको छ ।

कम्पनीले गत माघ २३ गतेदेखि माघ २७ गतेसम्म सर्वसाधारणमा सेयर बिक्री खुला गरेको थियो । क्यापिटलले दिएको तथ्यांक अनुसार अन्तिम दिन साँझ ५ बजेसम्ममा १३ लाख ३७ हजार ९४२ जना आवेदकले २ करोड ३९ लाख ७६ हजार ६०० कित्ता सेयर माग गरेका थिए । जुन सर्वसाधारणमा माग गरेको भन्दा ७.३७ गुणा बढी हो । कम्पनीले सर्वसाधारणमा ३२ लाख ५१ हजार ६५२ कित्ता माग गरेको थियो । कम्पनीले सर्वसाधारणमा ३४ लाख ९६ हजार ४०० कित्ता सेयरको निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानिय बासिन्दाका लागि जारी गरी बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता सेयर साधारण सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने ६९ हजार ९२८ कित्ता सेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ । र, बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि इच्छुक सर्वसाधारणमा निष्काशन गरिएको थियो ।

हाल कम्पनीको अधिकृत पुँजी २ अर्ब ५० करोड रुपैयाँ, जारी पुँजी १ अर्ब ८० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ। आयोजना प्रभावित क्षेत्रमा बासिन्दाका लागि निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ३ लाख ६० हजार रुपैयाँ पुगेको छ । र, सर्वसाधारण तथा कर्मचारीहरुको लागि छुट्ट्याइएको सबै सेयर निष्काशन भएपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपेयाँ नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.