४ करोड रुपैयाँको लगानीमा रविभवनमा खुल्यो आइ केयर सेन्टर

  २०७७ फागुन ४ गते १४:१३     विकासन्युज

काठमाडौं । काठमाडौंको रविभवनमा आँखाको उपचारका लागि आई केयर सेन्टर खुलेको छ । मंगलबार हास्यकलाकार मह जोडीले आई सि यु आइ केयर सेन्टरको उद्घाटन गरेका छन् ।

तीन जना अनुभवि डाक्टर प्रोफेसर डाक्टर सविना श्रेष्ठ, डाक्टर चुनु श्रेष्ठ, डाक्टर अपराजिता मनोरन्जनको संयुक्त लगानीमा आइ केयर सेन्टर सञ्चालनमा आएको हो । प्रोफेसर डाक्टर सविनाले आइ केयर सेन्टर आँखाको सबै खालको उपचार गर्ने थलो बन्ने विश्वास व्यक्त गरिन् । ‘आँखा जाँच्न, अनुसन्धान गर्न र उपचार गर्न यो भरपर्दो ठाउ बन्ने छ ।’ उनले भनिन्, ‘यहाँ आएपछि कतै जान नपरोस् भन्ने हो ।’

आइ केयर सेन्टरले दुई महिनासम्म सबै खालको सर्जरीमा दस प्रतिशत छुट दिनेछ । त्यस्तै ओपिडि चार्जमा एक हप्तासम्म चालिस प्रतिशतसम्म छुट पाईनेछ । ४ करोड रुपैयाँको लगानीमा सुरु भएको यो आइ केयर सेन्टरले १५ जना स्टाफलाई रोजगारी दिएको छ । आँखा सम्बन्धि वालवालिकादेखी वृद्धवृद्धा सबै उमेर समुहका व्यक्तिहरूको उपचार गरिने आइ केयर सेन्टरले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.