दिक्तेल-काठमाडौं पर्यटक बस सेवा सञ्चालन, प्रतिव्यक्ति एक हजार ५०० रुपैयाँ भाडा

  २०७७ फागुन ३ गते १७:४७     विकासन्युज

खोटाङ । देश दर्शन बस सेवाले सोमबारदेखि दिक्तेल-काठमाडौं सिधा पर्यटक बस सेवा शुरु भएको छ । ‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथ आन्तरिक पर्यटकको प्रवद्र्धन गर्ने लक्ष्यअनुसार सो बस सेवाले दैनिक दिक्तेलबाट एक र काठमाडौंबाट एउटा पर्यटक बस शुरु गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले पर्यटक बस सेवा उद्घाटन गरे । नेपालका मुख्य शहरहरुमा ३० वर्षदेखि सुविधा सम्पन्न पर्यटक बस सञ्चालन गर्दै आएकामा सो संस्थाले दशौं गन्तव्यअन्तर्गत दिक्तेल-हलेसी-काठमाडौं पर्यटक बस सञ्चालन शुरु गरिएको बस सेवाका अध्यक्ष एवम् नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल (नाटा) का पूर्व अध्यक्ष सिएन पाण्डेले बताए ।

सो बसमा एयर कण्डिसन, आरामदायी सिट, यात्रु बिमा, पर्यटकको सेवा दिने तालिम प्राप्त जनशक्ति रहेका छन् । प्रतिव्यक्ति एक हजार ५०० रुपैयाँ भाडा निर्धारण गरिएको बसको टिकट अनलाइनबाट समेत लिन सकिने व्यवस्था मिलाइएको छ । यसअघि सुपर खोटाङ-भोजपुर यातायात प्रालिले दिक्तेल-काठमाडौं माइक्रो भ्यान सेवा शुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.