नेप्सेमा एकैदिन एक करोड बढीको बोनस सेयर थपियाे, कसको कति ?

  २०७७ फागुन ३ गते १४:४१     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एकैदिन एक करोड ५ लाख ९ हजार ५०४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । आज (फागुन ३ गते) मात्रै हिमालयन डिष्टिलरीसहित ६ कम्पनीको गरी सो मात्राको बोनस सेयर सूचीकृत भएको हो ।

बोनस सेयर सूचीकृत हुनेमा हिमालयन डिष्टिलरी, दुई विकास बैंक, एक लघुवित्त, एक इन्स्योरेन्स र एक जलविद्युत कम्पनी रहेको छ ।

हिमालयन डिष्टिलरी

जसमध्ये हिमालयन डिष्टिलरीको ५० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको सो दिन २८ लाख ९२ हजार ३४१ कित्ता बोनस नेप्सेमा थपिएको हो ।

दुई विकास बैंक
त्यस्तै, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंकको पनि क्रमशः ११.२५ प्रतिशत र ४.४० प्रतिशत बोनस नेप्सेमा सूचीकृत भएको छ । यी दुबै संस्थाको क्रमशः ४८ लाख ६५ हजार ६१३ कित्ता र ११ लाख १७ हजार ६८३ कित्ता बोनस सेयर सूचीकृत भएका हुन् ।

एक लघुवित्त
लघुवित्त समूह अन्तर्गतको लक्ष्मी लघुवित्तको १५ प्रतिशत अर्थात ४ लाख १७ हजार ४५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

एक इन्स्योरेन्स
त्यस्तै, एनएलजी इन्स्योरेन्सको पनि ७ प्रतिशत अर्थात ७ लाख १७ हजार २५५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।

एक हाइड्रो
साथै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको पनि ४ लाख ९९ हजार १६२ कित्ता बोनस सेयर नेप्समा सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस वितरण गर्ने भएको छ ।

यससँगै यी ६ वटै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ । र, उनीहरूले दोश्रो बजारमा किनबेच गर्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.