बिहिबार ४०० ले घट्याे सुनकाे मूल्य

  २०७७ माघ २९ गते ११:२४     विकासन्युज

काठमाडाैं । बिहिबार सुनकाे मूल्य ४ सयले घटेकाे छ । बुधबार ९१ हजार ९ सयमा काराेबार भइरहेकाे सुन बिहिबार प्रतिताेला ९१ हजार ५ सय रुपैयाँ पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । बुधबार ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएकाे तेजाबी सुन प्रतितोला ४०० ले घटेर ९१ हजार रुपैयाँ पुगेकाे छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतिताेला १३१५ रुपैयाँ काराेबार भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.