महालक्ष्मी लाईफ इन्स्योरेन्स तेश्राे वर्षमाः ल्यायाे नयाँ बीमा याेजना, आईपीओ जारी गर्दै

  २०७७ माघ २७ गते ११:१९     विकासन्युज

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले काराेबार सञ्चालन गरेकाे दुई वर्ष पुरा गरी तेश्राे वर्षमा प्रवेश गरेकाे छ । २०७५ माघ २७ गतेबाट बीमा कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स नेपालको जीवन बीमा बजारमा सबैभन्दा कान्छो र उन्नाइसौं कम्पनी हाे

कम्पनीले दोस्रो वार्षिक उत्सवको अवसर पारेर आज (माघ २७ गते) कै मितिबाट बिक्री गर्ने गरी नयाँ मनि ब्याक बीमा योजना ‘महालक्ष्मी धनधान्य’ पोलिशी सञ्चालनमा ल्याएको छ । आर्थिक वर्ष २०७६/७७को वासलात नाफा नोक्सान हिसाब बीमा समितिबाट स्वीकृति पछि ६० करोड रूपैयाँको सेयर सर्वसाधारणमा जारी गर्ने गरी प्रकृया शुरू गरेको जानकारी गराएकाे छ ।

यस्ताे रह्याे कम्पनीकाे २ वर्ष

कम्पनीले काराेबार शुरू गर्दा नौ वटा पुराना स्थापित कम्पनी र नौ वटा नयाँ कम्पनीहरूसंग प्रतिस्पर्धा गर्नु परेको थियो । कसैगरी व्यापार वृद्धि गरी आफूलाई अब्बल देखाउने होड र अस्वस्थ प्रतिस्पर्धाबीच स्वस्थ व्यापार गर्नु आफैमा ठूलो चुनौति कम्पनीलाई थियो ।

अर्को तर्फ कोभिड-१९को कारण लामो समयसम्म नसोचेको कठिनाई भोग्नु पर्‍यो । त्यस्तो प्रतिकूल परिस्थितिको बावजुद नियमक निकाय, संचालक समिति,कर्मचारी र अभिकर्ताहरूको सहयोग र प्रयासले कम्पनीले २ वर्षको अवधिमा ६२ वटा शाखा/उपशाखा स्थापना, १६१९० अभिकर्तालाई तालिम, नौ वटा प्रोडक्ट लञ्च, १६५ करोड रूपैयाँ बीमा शुल्क संकलन र २५६ करोड रूपैयाँ लगानी गर्न सफल भएको छ ।

स्थापनाको एक वर्षपछि नै कोरोना महामारीको कारण लक्ष्य अनुसार शाखा संजाल विस्तार, निरन्तर अभिकर्ता तालिम संचालन र व्यवसाय वृद्धि गर्न नसकेता पनि कम्पनीले आ.व २०७५/७६को पोलिशी बोनस न्यूनतम ५० रूपैयाँ ल्याई नयाँ कम्पनीहरू मध्येमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको जानकारी गराएकाे छ ।

नेपालमा बीमा कारोबार प्रतिको आमजनताको विश्वास वृद्धि गर्न कम्पनीले मितव्ययी तरिकाले ग्रामिण क्षेत्रमा बीमाको पहुच अझै विस्तार गर्ने, गुणात्मक कारोबारलाई जोड दिने, व्यवसायीक अभिकर्ता निर्माण गर्ने र प्रत्येक घरमा एउटा बीमा पुर्‍याउने लक्ष्य लिएर काम गर्ने बताएकाे छ ।

यस्ता छन् कम्पनीका भावी याेजना

दुई वर्ष पार गरी तीन वर्षमा प्रवेश गरेकाे कम्पनीकाे विभिन्न भावी याेजना रहेकाे छ । कम्पनीले ग्रामिण क्षेत्रमा बीमा विस्तार, गुणात्मक बीमा काराेबार, व्यवसायिक अभिकर्ता निर्माण र प्रत्येक घरमा एउटा बीमा पुर्याउने कम्पनीकाे याेजना रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.