प्रुडेन्सियल इन्स्योरेन्सको विज्ञ सञ्चालकमा डा. आत्रेय नियुक्त

  २०७७ माघ २६ गते ११:१६     विकासन्युज

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको विज्ञ सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त भएका छन् । माघ २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले डा. आत्रेयलाई विज्ञ सञ्चालक पदमा नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त सञ्चालक डा. आत्रेयले एक कार्यकाल अर्थात आगामी चार वर्षसम्म संस्थाको उक्त पदको कार्यभार सम्हाल्ने छन् ।

यसअघि उनी सूर्या लाइफ इन्स्याेरेन्सकाे सञ्चालक थिए । उक्त पदमा चार वर्षे कार्यकाल सकिएसँगै साे कम्पनीबाट बिदा भएका हुन् ।

उनले नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेर कार्यकारी निर्देशक पदबाट अवकाश पाएका थिए । राष्ट्र बैंकमा रहँदा उनले नेपाल बैंकमा करिव ३ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेका थिए । हाल उनी व्यवसायिक घराना विशाल ग्रुप निकट भएर विभिन्न कम्पनीको जिम्मेवारी समाल्दै आएका छन् । डा. आत्रेय हाल इमर्जिङ्ग नेपाल लिमिटेड कम्पनीको प्रमुख कार्यकारी अधिकृत समेत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.