भ्यालेनटाइन डेमा नयाँ माेबाइल पाइने, भिभोले ल्यायाे प्रि-बुकिङ्ग स्किम

  २०७७ माघ २६ गते ८:५९     विकासन्युज

काठमाडौं । भिभो नेपालले वाई १२एसको लन्चको अवसरमा आफ्ना ग्राहकहरुको लागि प्रि-बुकिङ्ग स्किम ल्याएको छ । यस स्किम अन्तर्गत ग्राहकहरुले प्रि बुकिङ्ग अन्तर्गत एक हजार रुपैयाँ बराबरको बुकिङ्ग गर्नुपर्ने हुन्छ ।

बुकिङ्ग गरेका ग्राहकले फेब्ररी १४ मा वाई १२एस मोवाईल प्राप्त गर्न सक्नेछन् भने बुकिङ्ग गर्नेले एक हजार रुपैयाँ छुट पाउनेछन् । साथै उनीहरु अनलाईनद्धारा लक्की ड्रमा सहभागी हुन पाउनेछन् ।

लक्की ड्र मार्फत वाई १२एस तीन जनाले जित्न सक्नेछन् भने १०० जनाले रु २५०० क्यासब्याक पाउनेछन् साथै ५०० जनाले एक महिनाको लागि स्क्रिन रिप्लेसमेन्टको वारेन्टी पाउँनेछन् ।

यसको मूख्य विशेषता भनेको साईड फिन्गर प्रिन्ट, ५००० एमएएच व्याट्रि, कलर तथा डिजाइन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.